अनेरास्ववियु गण्डकीले राष्ट्रपतिलाई पठायो ‘संविधान’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अनेरास्ववियु गण्डकीले राष्ट्रपतिलाई पठायो ‘संविधान’

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८०, मंगलवार

    पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान पठाएको छ । प्रदेश कमिटी संयोजक आरके पोख्रेलले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत् राष्ट्रपतिलाई संविधानको पुस्तक पठाएका हुन् ।

    राष्ट्रपति संविधानको रक्षक रहेको स्मरण गराउँदै अनेरास्ववियुले भनेको छ, ‘ महामहिम राष्ट्रपति ज्यूले संविधानको अध्ययन गरि संविधानको संरक्षण गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’

    नागरिकता विधेयक प्रमाणिकरण गर्दा राष्ट्रपतिले संविधान मिचेको पोख्रेलले बताए । उनले भने, ‘नेपाल सरकारको सिफारिस भन्दै राष्ट्रपतिबाट गरिएको किर्ते र जालसाजी किमार्थ स्वीकार्य छैन ।’


    नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन अनेरास्ववियु गण्डकी प्रदेश विपतिमा साहारा विभेदमा विद्रोहको नारा घन्काउदै अगाडी बढिरहेको जनाइएको छ । सरकारले नागरिकको समस्या सुन्दैन भने देश चलाउनेहरू आज देशको अस्मिता खतरामा रहेको छ कानुन भन्दा पनी आफु माथि रहेको महशुस गरिरहेको अनेरास्वविुयको भनाइ छ ।