दमौली । व्यास नगरपालिका भित्रका सहकारीहरुको भेला आइतबार सम्पन्न भएको छ । जिल्ला सहकारी संघको आयोजना र व्यास नगरपालिकाको व्यबस्थापनमा आयोजित सो कार्यक्रममा सहकारी क्षेत्रको समस्याको बारेमा छलफल गरिएको थियो ।
जिल्ला सहकारी संघ तनहुाका अध्यक्ष प्रदिपराज अधिकारीको अध्यक्षता सम्पन्न सो कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष अमर बहादुर कुंवर, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, जिल्ला सहकारी संघका अध्यक्ष प्रदिप अधिकारी, राष्ट्रिय सहकारी बैंक दमौली शाखा प्रमुख उपेन्द्र
दाहाल लगायतले सहकारी क्षेत्रका समस्याहरुको बारेमा मन्तव्य राखेका थिए ।
सो कार्यक्रमको सन्चालन व्यास नपाका सहकारी उपशाखाका प्रमुख राजुहरी पण्डितले गरेका थिए भने जिल्ला सहकारी संघकी उपाध्यक्ष सिर्जना तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
सो कार्यक्रममा व्यास नगरपालिका भित्रका विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा व्यबस्थापकहरुको सहभागिता रहेको थियो ।