दमौली । तनहुँको भानु नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले विपन्न नागिरकको उपचार सिफारिसका लागि बैठक बसेर भत्ता लिने गरेको खुलेको छ। गरिब तथा विपन्न नागरिकको उपचारका लागि अस्पतालमा सिफारिस गर्न भन्दै जनप्रतिनिधि र कर्मचारीले बैठक बसेर भत्ता लिएको खुलेको हो ।
महालेखा परीक्षकको कार्यालयले त्यस्तो कार्य मापदण्ड विपरित रहेको र अनियमित रहेको जनाएको छ ।
नगरपालिकाले दुई पटक बैठक बस्दा २ लाख १० हजार भत्ता वितरण गरेको छ । पहिलो पटक १ लाख ५० हजार र दोस्रो पटक ६० हजार भत्ता वितरण गरेको छ ।
नगरपालिकाले कानूनद्वारा स्थापित नभएका विभिन्न समितिको बैठकको समय नखुलाई बसेको बैठक तथा कार्यालयको पदाधिकारी तथा कर्मचारीमात्र बैठक बसेकामा बैठक भत्ता भुक्तानी दिनु बैठक भत्ताको मापदण्ड विपरित देखिने उल्लेख छ ।