आदिकविकाे भाैतिक गुणस्तर वृद्धिका लागि स्ववियुकाे सक्रियता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकविकाे भाैतिक गुणस्तर वृद्धिका लागि स्ववियुकाे सक्रियता

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसकाे भाैतिक गुणस्तर वृद्धि र छात्रवृत्तिमा स्ववियुले सक्रियता देखाएकाे छ । स्ववियु सभापति गाैरव पन्थकाे नेतृत्वमा क्याम्पसकाे भाैतिक गुणस्तर वृद्धि र छात्रवृत्तिका लागि जिल्लाका तीन वटा पालिकाका प्रमुखसँग छलफल गरिएकाे छ ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापासँग भेटी स्ववियुले खानेपानी योजना, विज्ञान तथा कम्प्यूटर प्रयोगशाला र छात्रवृत्तिको विषयलाई प्राथमिकतामा याेजना माग गरिएकाे पन्थले जानकारी दिए ।

    आदिकवि भानुभक्त क्याम्पसमा तनहुँका सबै पालिका र विभिन्न जिल्लाका गरी तीन हजार एक सय भन्दा बढी र त्यसमध्ये पनि गरिब, विपन्न, दलित, जनजाति र महिला विधार्थीहरु अध्ययन गर्ने क्याम्पस हो।

    हालैमात्र यस क्याम्पस दाेस्राे पटक क्युएएमा नवीकरण भएकाे छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरको आधारमा दिईने अनुदानमा तीन सय ९२ क्याम्पस मध्य उत्कृष्ट तीनमा पर्न सफल भएको छ।

    पन्थले भने, ‘आगामी दिनहरुमा सम्पूर्ण पालिकासँग सहकार्य गरि यस क्याम्पसको भौतिक गुणस्तरलाई वृद्धि गर्ने र विद्यार्थीहरुलाई विभिन्न तवरबाट सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी विभिन्न कार्यक्रम मार्फत जोड्दै लैजान हामी अग्रसर भएर लागेका हौं।’