असार ३ देखि तनहुँका सबै सामुदायिक विद्यालय बन्द गर्ने विद्यालय कर्मचारीको चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    असार ३ देखि तनहुँका सबै सामुदायिक विद्यालय बन्द गर्ने विद्यालय कर्मचारीको चेतावनी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेपाल विद्यालय कर्मचारी परिषद् तनहुँले असार ३ देखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएको छ।

    नेपाल सरकारले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई गरेको विभेद र न्यून तलबमानमा कार्यरत रहन बाध्य रहेको भन्दै विद्यालय कर्मचारीले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएको हो।

    परिषद्का जिल्ला अध्यक्ष रामबहादुर नेपालीले सरकारले आफूहरुको माग सम्बोधन नगरेकाले विद्यालय बन्द गर्ने कार्यक्रम ल्याउनुपरेको बताए ।

    नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा लगायतका विषयलाई सम्बोधन गरिने छ भनिएता पनि बजेट वक्तव्यमा विद्यालय कर्मचारीहरुका बारेमा कुनै पनि प्रकारको सम्बोधन नगरेको उनले बताए।

    पहिलो चरणको आन्दोलन अनुसार गते जेठ २० गतेदेखि २६ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना कार्यक्रम, दोस्रो चरणको कार्यक्रम जेठ २७ गतेदेखि असार १ गते शुक्रवारसम्म काठमाडौं स्थित भद्रकालीमा रिले अनसनको कार्यक्रम गर्दा समेत नेपाल सरकारले कुनै प्रकारका सकारात्मक उपाय नखोजी विद्यालय कर्मचारीहरु प्रति प्रहरी प्रशासनको सहायता लिई गिरफ्तार तथा लाठी चार्ज गर्ने व्यवहार गरेको उनले बताए।

    तेस्रो चरणको आन्दोलन अनुसार विद्यालय बन्द गर्ने स्थितिमा पुगेको उनले उल्लेख गरे।