डा. स्वर्णिम वाग्लेलाई संयुक्त उद्योगी, व्यवसायी तथा कृषकको ज्ञापनपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डा. स्वर्णिम वाग्लेलाई संयुक्त उद्योगी, व्यवसायी तथा कृषकको ज्ञापनपत्र

    खबरपुञ्ज संवाददाता

    १ असार २०८०, शनिबार

    दमौली । संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघ तनहुँले तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र बुझाएको छ। संघका अध्यक्ष लक्ष्मीभक्त खनालको नेतृत्वमा शनिबार डा. वाग्लेलाई ज्ञापनपत्र बुझाइएको हो ।

    उद्योगी, व्यवसायी तथा कृषकका समस्या सदनबाट सरकारको ध्यानाकर्षण गराउन डा. वाग्लेलाई ज्ञापनपत्र बुझाइएको खनालले बताए ।

    नेपाली उद्योगी, व्यवसायी र कृषकहरुले कोभिड – १९का सबै लहरहरु पार गरी हालसम्म आइपुग्दा आर्थिक मन्दी र बैकिङ सामन्तबादको गम्भीर सिकार हुनुपरेको ज्ञापनपत्रमा उल्लेख छ।

    ज्ञापनपत्रमा भनिएको छ, ‘ सम्पूर्ण राज्य संयन्त्र, सरकार, राजनीतिक दल, नेता, जनप्रतिनिधि, आधिकारिक व्यवसायिक संगठनहरु पनि भुईं व्यवसायी र कृषकका जीवन मरणका यस्ता संवेदनशिल विषयमा ‘दुधको साक्षी बिरालो’ जस्तै बनेका छन् । यसै सन्दर्भमा हामी तनहुँ जिल्लाका स्वतन्त्र उद्योगी, ब्यबसायी तथा कृषकहरुले अब ‘आफ्ना लागि आफै गरौं’ भन्दै स्वस्फुर्त रुपमा ‘संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघ, तनहुँ’ नामको संगठन निर्माण गरी शान्तिपूर्ण आन्दोलनको पहिलो चरण पार गरी अब ‘गर या मर’ को दोस्रो चरणको आन्दोलनको संघारमा छौं ।’