दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज साँझ माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोको ढिस्कोले पुरिएर अन्य दुई जना घाइते छन् ।
मृतक र घाइतेको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि पोखरा पठाइएको उनले बताए ।
अन्य एक जना घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मुग्लिन पोखरा सडक योजना अन्तर्गत सडक छेउमा वाल बनाउने क्रममा ढिस्को खसेको थियो । साँझ परेको वर्षाका कारण काम गरिरहेको बेला ढिस्को खसिएर उनीहरु घाइते भएका थिए ।