राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा राखियो पेसमेकर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा राखियो पेसमेकर

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८०, मंगलवार

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ।

    मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको स्रोतले जानकारी दिएको छ।

    पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।

    पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।

    उदाहरणका लागि पेसमेटर प्रति मिनेट ७० मा राखिएको छ भने त्यसले मुटुलाई मिनेटमा ७० पटक धडकिन सहयोग गर्छ। 

    पेसमेकर राखेपछि सामान्यत: यो १० वर्ष चल्छ। त्यसपछि ब्याट्री फेर्नुपर्ने हुन्छ। (सेतोपाटीबाट)