पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएकाे छ ।
चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे हाे ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर उक्त जहाज पाेखरा विमानस्थलमा अवतरण गरेकाे हाे । जहाँ १ सय ३० जना यात्रु रहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आएकाे सो विमानमा चिनियाँ खेलाडीहरू पनि छन् ।
दक्षिण एसियामा नै पहिलो पटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुनका लागि ती खेलाडीहरू नेपाल आएका हुन् ।