तनहुँका स्थानीय सरकारको प्राथमिकतामा पर्यटन : बन्जी जम्प सम्भाव्यतादेखि जलपर्यटनसम्म
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका स्थानीय सरकारको प्राथमिकतामा पर्यटन : बन्जी जम्प सम्भाव्यतादेखि जलपर्यटनसम्म

    कृष्ण न्याैपाने

    ५ असाेज, २०८१

    दमाैली । तनहुँका स्थानीय तहले पर्यटनलाई प्राथमिकता दिएका छन् । जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता दिँदै पर्यटन प्रबद्र्धनका लागि पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरेका हुन् ।

    आँबुखैरेनी गाउँपालिकाले अग्लो झोलुङ्गे पुलमा बन्जी जम्पको सम्भाव्यता अध्ययनदेखि जलपर्यटनसम्मका योजना अगाडी सारेको छ । आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि नेपालकै अग्लोमध्येको झोलुङ्गे पुलमा बन्जी जम्पको सम्भाव्यता अध्ययनका लागि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    समुन्द्र सतहबाट दुई सय ७० मिटर उचाईमा अवस्थित उक्त पुललाई केन्द्रविन्दुमा राखेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने उद्धेश्य अनुरुप बन्जी जम्पको सम्भाव्यता अध्ययन गरिने चुमानको भनाइ छ ।

    पृथ्वीराजमार्ग अन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकको ध्यान खिचेको छ । सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत् विसं २०७७ सालमा उक्त पुल निर्माण गरिएको हो ।

    ‘डि’ टाइपको उक्त पुलको लम्बाई दुई सय २० मिटर रहेको छ । उक्त पुलमा एकैपटक चार सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ । बाबिरो÷प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो ।

    पुल पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रबद्र्धनमा जुटेको छ । झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडी बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    चुमानले भने, “ हामीलाई जानकारी भएसम्म नेपालको सबैभन्दा अग्लोमध्येको झोलुङ्गे पुल हो भन्ने छ, यो पुललाई केन्द्रित गरेर पर्यटनका योजना बनाउँदैछौ ।” पर्यटन प्रबद्र्धनका निम्ति झोलुङ्गे पुलसम्म आउने बाटो स्तरोन्नति गर्न लागिएको चुमानले बताए। साथै झोलुङ्गे पुलमा आधारित रहेर साहसिक खेल सञ्चालन गर्ने योजना बनाइएको चुमानले बताए ।

    उनले भने, “यहाँ बन्जी जम्पका साथै जीप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डिपीआर बनाउँदैछौ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने निश्चित छ ।”

    चुमानका अनुसार झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई लक्षित गरी नजिकै रहेको गुरुङ बस्ती गिरानचौरलाई पर्यटकीय गाउँ बनाउने काम भइरहेको छ । त्यसका लागि चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन भएको थियो । “राजमार्गबाट नजिकै रहेको झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई गुरुङबस्तीसम्म लैजान सकिए त्यहाँका स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ,” चुमानले भने, “बिदा र शनिबारका दिन अन्य दिनभन्दा बढी पर्यटकको चहपहल हुन्छ ।”

    गाउँपालिकाले मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधमा जलपर्यटन सञ्चालन गर्ने नीति लिएको छ । त्यसका लागि रु दश लाख बजेट विनियोजन गरिएको छ । यहाँ मोटरबोट सञ्चालन गरी स्थानीयको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य लिइएको छ ।

    त्यस्तै आँधीमूलको पर्यटनका लागि रु २० लाख र छिम्केश्वरी पर्यटनका लागि रु ५० लाख बजेट विनियोजन गरिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । हिलेखर्क र मिलनचौरलाई पर्यटकीय नमूना गाउँको विकास रुपमा विकास गर्न घरबास कार्यक्रम सञ्चालन गरिने नीति लिइएको चुमानको भनाइ छ ।

    गाउँपालिकाले ऐनापहरामा ढुङ्गामा भगवानका आकृति खोप्ने काम गरिरहेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेको ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न यहाँका ढुङ्गामा आकृति खोप्ने काम अन्तिम चरणमा पुगेको छ ।

    गाउँपालिकाले झोलुङ्गे पुल नजिकै रहेको आँधीमूलको पर्यटन प्रबद्र्धन गर्ने काम गरिरहेको छ । त्यसका लागि यहाँ कृत्रिम ताल निर्माण गर्ने योजना अगाडी सारिएको छ । चुमानले भने, “आँधीमूल पर्यटकीय धार्मिकस्थल हो, २० मिनेटको दूरीमा रहेको आँधीमूलमा कृत्रिम ताल बनाउँदैछौ । झोलुङ्गे पुल र आँधीमूलको सही व्यवस्थापन गर्न सकिए यहाँका स्थानीयवासीको आर्थिक विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ ।”

    जिल्लाको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यलाई जोडेर टाकुरा पर्यटन सञ्जालको निर्माणलाई प्राथमिकता दिएको छ । नगरभित्र रहेका महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण, व्यास गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला निर्माण, ऐतिहासिक तनहुँसुर दरवार क्षेत्र, भगवती पानी, छाब्दी बराह, मानुङकोट, गलेखाम कोट, कालिका सहिद जङ्गल पार्क, क्यामिन कालिका, खड्कादेवी मन्दिर, अकला मन्दिर, कर्लुङकोट, ओम सिद्धेश्वरी राजापानी महादेव लगायतका टाकुरा एवं मन्दिरहरुको संरक्षण एवं सम्बद्र्धन गर्न र टाकुरा पर्यटन सञ्जालको नीति अवलम्बन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

    तनहुँसुर क्षेत्रलाई केन्द्रविन्दुमा राखेर भानु शान्ति निकुञ्जबाट तयार पारिएको “पर्यटन गुरुयोजना” लाई क्रमशः कार्यान्वयन गरिने र गुरुयोजनामा प्रस्ताव गरिएको १० वर्षे दीर्घकालीन सोच एवं अवधारणा अनुसार तात्कालीन, अल्पकालीन र मध्यकालीन कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको न्यौपानेले उल्लेख गरे ।

    व्यास नगरपालिका–१० दुम्सीचौरमा पर्यटकीय प्रवद्र्धनका लागि नारेश्वर ताल निर्माण कार्यलाई निरन्तरता दिँदै पृथ्वीराजमार्गको विस्तारले ऐतिहासिक घाँसीकुवा र घाँसी पार्कमा आएको सङ्कटलाई सम्बद्ध पक्षहरुको सहकार्यमा व्यवस्थित गरिने उनकाे भनाइ छ ।

    शुक्लागण्डकी नगरपालिकाले पर्यटकीय क्षेत्रलाई सङ्घीय र प्रदेश सरकारसँगको समन्वयमा पर्यटकीय स्थल पहिचान, संरक्षण, निर्माणको नीति लिएको छ । नगरभित्र रहेका सम्पूर्ण पर्यटकीय स्थल तथा पार्कहरु व्यवस्थित गर्नका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरिने नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिए ।

    भानु नगरपालिकाले भानुभक्त आचार्यको पूर्णकदको प्रतिमा खडा गर्नुका साथै भानु साहित्यिक उद्यानको रुपमा विकास गर्ने नीति लिएको छ । “भानु जन्मस्थल जाउँ, भानुलाई चिनाऔं” नाराका साथ नेपालको गौरव नेपाली भाषीाहरुको पौरखलाई सार्थकता दिन भानुको पूर्णकदको प्रतिमा निर्माणका लागि देश तथा विदेश स्थित दातृ निकाय, प्रदेश र सङ्घ सरकारसँग समन्वय गरिने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।

    पहाडकी रानी नामले परिचित बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ ः बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालनको तयारी गरेको छ ।बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रबद्र्धनका कार्यहरु प्राथमिकताका साथ अगाडी बढाइने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेको र यसको थप प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजना बनाइएको उनले बताए ।

    थापाले भने, “आगामी आर्थिक वर्षमा बन्दीपुर घुम्न जाउँ भन्ने अभियानलाई सफल बनाउन प्रचारप्रसारमा जोड दिन्छौ ।” बन्दीपुरलाई पर्यटकीय केन्द्र बनाइने र त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइने अध्यक्ष थापाले बताए । बन्दीपुर गाउँपालिकाका छ वटै वडामा रहेका पर्यटकीय गन्तव्यलाई विकास गरिने नीति लिइएको उनले बताए ।

    उनका अनुसार देशका मुख्य शहरहहरु काठमाडौ, पोखरा, बुटवल र विराटनगरमा बन्दीपुर घुम्न जाउँ अभियान सम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । उनले भने, “पर्यटकीय स्थलको सम्बद्र्धन र प्रबद्र्धन गरी गाउँपालिकालाई पर्यटनका माध्यमबाट समृद्ध बनाउने सोच राखिएको छ ।” अध्यक्ष थापाले गाउँपालिकाभित्र रहेका होमस्टेको विकास, पर्यटकीय लक्षित उत्पादनलाई प्राथमिकतामा राखिएको बताए । गाउँपालिकाभित्र जीप फ्लायर र रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन गरिने उनकाे भनाइ छ ।

    पर्यटकीय नगरी बन्दीपुर भित्रिने पर्यटकको लगत राख्न पर्यटन सूचना केन्द्र स्थापना गरिने अध्यक्ष थापाले बताए । होमस्टको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गरी होमस्टे सर्किटको विकास गर्ने नीति लिइएको थापाको भनाइ छ ।