डा. स्वर्णिम वाग्लेलाई चार जिल्लाकाे सम्पर्क सांसदकाे जिम्मेवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डा. स्वर्णिम वाग्लेलाई चार जिल्लाकाे सम्पर्क सांसदकाे जिम्मेवारी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ-१ का प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई चार जिल्लाकाे सम्पर्क सांसदकाे जिम्मेवारी दिएकाे छ ।

    साे पार्टीले डा. वाग्लेलाई तनहुँ, गाेरखा, पर्सा र बैतडीकाे सम्पर्क सांसदकाे जिम्मेवारी दिएकाे हाे ।

    रास्वपाले पार्टीका सभापति एवं चितवन-२ का सांसद रवि लामिछाने बाहेक अन्य सबै सांसदहरुलाई सम्पर्क सांसदकाे जिम्मेवारी दिएकाे छ ।

    नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नाे आवाज संसदसम्म बुलन्द पार्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसकाे कार्यान्वयनका लागि याे जिम्मेवारी दिइएकाे रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकाेटीले जानकारी दिए ।