लाइन झ्यापझ्याप समस्याले गुणादीमा खनालकाे घरमा आगलागी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लाइन झ्यापझ्याप समस्याले गुणादीमा खनालकाे घरमा आगलागी

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८०, बिहीबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित एक घरमा विद्युत चुहिएर आगलागी भएको छ । आगलागीका कारण विष्णुहरि खनालको घरको सटरमा सञ्चालित पसलमा पूर्ण रुपमा क्षति भएको छ ।

    आगलागीका कारण एक हप्ता अगाडीमात्रै सञ्चालनमा आएको पसलमा रहेका फ्रिज तथा अन्य सबै सामान जलेर पूर्ण नष्ट भएको छ । केही दिनदेखि विद्युत अनियमित भइरहेका बेला एक्कासी विद्युत चुहिएर आगलागी भएको खनालले जानकारी दिए। उनले भने, “कहिले हाफ लाइन आउने, कहिले जाने र कहिले हाइ भोल्टेज आउने समस्या हुँदै आएको थियो ।”

    आगलागी पश्चात् बिहीबार म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले घटनास्थलमा पुगेर अवलोकन गरेका छन् ।