दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शुद्धिकरणका नाममा गैर पत्रकार, क्रियाशील नभएका र एनजिओमा जागिरेहरुको सदस्यता नवीकरण गरेको विरोधमा तालाबन्दी भएको छ ।
शाखाको शुक्रबार बसेको बैठकले गैर पत्रकार, क्रियाशील नरहेको र श्रमजीवि पत्रकार भन्दा पनि आसेपासेको सदस्यता नवीकरण सिफारिस गरेको विरोधमा प्रेस चौतारी तनहुँका उपाध्यक्ष कृष्ण न्यौपानेको नेतृत्वमा शाखामा तालाबन्दी गरिएको हो ।
शुद्धिकरण अभियानबारे थप छलफल नगरेसम्म ताला नखुल्ने न्यौपानेले जानकारी दिए ।