ऑबुखैरेनी अस्पतालमा डायलासिस उपकरण व्यवस्था गराउन वडाध्यक्ष केसीद्वारा देउवाको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी अस्पतालमा डायलासिस उपकरण व्यवस्था गराउन वडाध्यक्ष केसीद्वारा देउवाको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८०, आईतवार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ का वडाध्यक्ष दिनेश केसीले ऑबुखैरेनी अस्पतालमा डायलासिस उपकरण व्यवस्था गरिदिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

    केसीले आइतबार पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवालाई भेटी डायलासिस उपकरण व्यवस्थाका लागि ध्यानाकर्षण गराएका हुन् ।

    त्यस अवसरमा केसीले अस्पतालमा रक्त सञ्चारका लागि पनि आवश्यक उपकरणको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

    देउवाले अस्पतालका लागि डायलासिस उपकरण व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ऑबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमै डायलासिस सेवा सुरु गर्ने जनाएको छ । त्यसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममै यसलाई उल्लेख गरेको छ ।