दमौली । लियो क्लव अफ तनहुँ सत्यवतीको अध्यक्षमा रोजिता क्षेत्री चयन भएकी छन् । क्लवको वर्ष २०२३/२४ को अध्यक्षमा क्षेत्री चयन भएकी हुन् ।
क्लवको उपाध्यक्षमा निशा गुरुङ, सचिवमा रिसु थापा र कोषाध्यक्षमा प्रतिमा आले चयन भएकी छन् ।
क्लवकी वर्ष २०२२/२३ की अध्यक्ष पूर्णिमा क्षेत्रीले वर्ष २०२३/२४ की अध्यक्ष रोजितालाई पद हस्तान्तरण गरेकी छन् ।
सो अवसरमा वर्ष २०२२/२३ की अध्यक्ष क्षेत्रीले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गर्ने पदाधिकारी तथा सदस्यलाई नौ विधामा अवार्ड प्रदान गरेकी छन् ।