दमौली । सोमबार रातिदेखि तनहुँ लगायत आठ जिल्लामा भारी वर्षा मापन भएको छ । तनहुँ सहित स्याङ्जा,,पाल्पा,गुल्मी,अर्घाखाँची, रूपन्देही,कपिलबस्तु, दाङ र आसपास अति भारी वर्षा भएको हो ।
ती जिल्लाहरुका नदी तथा खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरावे जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।