दमौली अस्पतालले लामो समयपछि पायो प्रमुख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालले लामो समयपछि पायो प्रमुख

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८०, मंगलवार

    दमौली । दमौली अस्पतालले लामो समयपछि प्रमुख पाएको छ । निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको अस्पतालले डेढ वर्षपछि प्रमुख पाएको हो ।

    अस्पतालको प्रमुखमा सर्जन डा. परिवर्तन बराल आएका छन् । उनलाई मंगलबार दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले स्वागत गरे ।

    यसअघि डा. दिवस ढकाल निमित्त प्रमुख थिए । उनी बेलायतमा एमडी अध्ययनका लागि गएका छन् । निमित्तको भरमा सञ्चालन हुँदा अस्पतालमा समस्या हुँदै आएको थियो ।