राष्ट्रपति पौडेलको उपचार खर्चका लागि अनेरास्ववियुको रु एक अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    राष्ट्रपति पौडेलको उपचार खर्चका लागि अनेरास्ववियुको रु एक अभियान

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८०, मंगलवार

    पोखरा । उपचार खर्च आफै बेहोर्ने इच्छा व्यक्त गरेका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले तिर्ने भएपछि आलोचना भएको छ । भारतबाट उपचार गरेर फर्किएपछि पौडेलको सचिवालयले उपचार खर्च स्वंय पौडेलले तिर्न चाहेको इच्छा व्यक्त गरेको थियो ।

    तर परराष्ट्र मन्त्रालयले नंगलबार अर्थ मन्त्रालयसँग ५५ लाख २ हजार २ सय ७९ निकासा माग गरेको छ।

    उक्त कार्यको आलोचना गर्दै अनेरास्ववियु गण्डकी प्रदेशले रु एक अभियान चलाउने भएको छ। अनेरास्ववियु गण्डकी संयोजक आरके पोख्रेलले पौडेलको उपचार खर्चका लागि रु एक अभियान सुरु गरिने बताए ।

    उनले भने, ‘निकम्मा र बेईमानीहरु सत्तामा पुगेपछि बाहिर र भित्रको रुप फरक हुने नै गर्दछ । हिजो उपचारखर्च लिन्न आज लिन्छु भन्नेहरुको रुप जनताले देख्नुपर्छ ।’