दमौली । मूर्तिकार पृथ्वीनारायण श्रेष्ठ राप्रपा प्रवेश गरेका छन् । व्यास नगरपालिका-३ दमौली निवासी श्रेष्ठ बिहीबार राप्रपा प्रवेश गरेका हुन् ।
काठमाडौमा उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरे । २०४६ सालदेखि कम्युनिष्ट पार्टीमा आबद्ध उनी गत मंसिरमा तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
व्यास-१४ छाब्दी मन्दिर अगाडी रहेको मस्यगन्धा र बल्खुमा रहेको मदन भण्डारीको मूर्ति श्रेष्ठले बनाएका हुन् ।