दमाैली । गायक रमेश सार्थक र लक्ष्मी दाहालको स्वरमा ‘घुमाउने घर खरले छाको छ’ बोलको गित सार्वजनिक भएको छ । सार्वजनिक गीतकाे शव्द प्रकाश पौडेलले लेखेका हुन ।
खेम पुनको सङ्गीत रहेको गीतमा याम थापा मगरले सङ्गीत संयोजन गरेका छन । गीतकाे म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ । गोविन्द न्यौपाने र हिमानी थापाले म्युजिक भिडिओमा अभिनय गरेका छन् ।
टिकाराम आचार्यले निर्देशन गरेकाे गीतमा गाउँघरलाई समेटेर छायाङ्कन गरिएकाे छ । गाउँ घरमा हुर्किएकाे केटो सहरका जन्मिएकी केटीसँग माया प्रेममा परेपछि विवाह गरेर गाउँमा लगिसकेपछि घरधन्दा साथै आगामी जीवनयापन गर्दा आउने उतारचढावलाई देखाउन खाेजिएकाे छ ।
भिडिओमा गाउँघरका दरै , बोटे , कुमाल , मगरको घुमाउने घरलाई समेटेर व्यास नगरपालिका-१० दुम्सी, दरै समाज हाेमस्टे र परेवाडाँडाका दृश्य कैद गरिएकाे छ ।