काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपाली सेनाको गरिमामाथि ऑच आउने टिकाटिप्पणी गर्न नहुने बताएका छन् ।
संसदमै सेनाको संख्या घटाउनुपर्ने भन्दै केही सांसदले बहस गरेपछि भण्डारीको यो प्रतिक्रिया आएको हो ।
तनहुँ-२ का प्रतिनिधिसभा सदस्य भण्डारीले नेपाल राष्ट्र एकीकरणदेखु मुलुकको रक्षा गर्ने विषयमा नेपाली सेनाको महत्त्वपूर्ण भूमिका रहेको हुँदा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाको सधै उच्च सम्मान गर्नुपर्ने उल्लेख गरे ।
मुलुकमा विषम परिस्थिति सिर्जना हुँदा समेत नेपाली सेनाले जिम्मेवार ढंगले निर्वाह गरेको भूमिका सधैं सम्झनालायक रहेको उनको भनाइ छ ।