ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ ।

    ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

    यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्याैता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।