दमाैलीमा लायन्स सत्यवती र लियाे सत्यवतीकाे मेहेन्दी कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैलीमा लायन्स सत्यवती र लियाे सत्यवतीकाे मेहेन्दी कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । लायन्स क्लब अफ तनहुँ सत्यवती र लियो क्लब अफ तनहुँ सत्यवतीले मेहेन्दी कार्यक्रम गरेर साउन महिनालाई स्वागत गरेकाे छ ।

    साउन महिनामा मेहेन्दी लगाउने परम्परा रहेकाले त्यसैलाई निरन्तरता दिन कार्यक्रम गरिएको लियो क्लव अफ तनहुँ सत्यवतीकी निवर्मान अध्यक्ष पूणिमा क्षेत्रीले जानकारी दिइन् ।

    उनले भनिन्, ‘साउन महिनामा मेहेन्दी लगाउने परम्परा रहँदै आएकाे छ । हामीले त्यसैलाई निरन्तरता दिएका हाै । क्लवका लागि फन्ड रेजिङका लागि पनि कार्यक्रमले सहयाेग पुर्याएकाे छ ।’

    लायन्स क्लव अफ तनहुँ सत्यवतीका अध्यक्ष रामशाेभा श्रेष्ठका अनुसार व्यास नगरपालिका-३ अनसन चाैतारीमा गरिएकाे कार्यक्रममा ६२ जनालाई मेहेन्दी लगाइएकाे छ ।