दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँले जिल्लामा दर्ता भएका सबै खेल संघलाई आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ । समितिले साउन २ गते सूचना जारी गरी ३५ दिनभित्र कार्यालयमा आवश्यक कागजातको प्रमाणित प्रतिलिपि बुझाउन निर्देशन दिएको हो ।
समितिले संस्था दर्ताको प्रमाणपत्र, वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, संस्था गठन/पुनर्गठन तथा अधिवेशनको निर्णय र विधानको प्रतिलिपि बुझाउन सूचित गरेको अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।