दमाैली । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले ४१ औ बिपी स्मृति दिवस मनाएको छ । क्षेत्रीय समितिले शनिबार वृक्षाराेपण गरेर दिवस मनाएकाे हाे ।
भानु नगरपालिका-४ को भानु स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम गरेर ४१ औ बिपी स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा नेपाली काङ्गग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, काङ्ग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पाैडेल, गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ, महासमिति सदस्य लक्ष्मी आचार्य, आनन्दराज त्रिपाठी, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल लगायत सहभागी थिए ।