एनआरएन अष्ट्रेलियाको चुनाव: एक्जिट पोलमा अध्यक्षका उम्मेदवार पोखरेल अगाडि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एनआरएन अष्ट्रेलियाको चुनाव: एक्जिट पोलमा अध्यक्षका उम्मेदवार पोखरेल अगाडि

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८०, शुक्रबार

    काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेल एक्जिट पोलमा अगाडि देखिएका छन् ।

    एनआरएनए प्रि एक्जिट पोलमा अनिल अन्य दुई जना उम्मेदवारलाई पछि पार्दै अग्र भागमा देखिएका हुन् ।

    एक्जिट पोलमा उनले अर्का उम्मेदवार डिला खरेललाई ३२ मतले पछि पारेका छन् । उनले ९६६ (३४.५० प्रतिशत) मत पाउँदा खरेलले ९३४ (३३.३६%) मत पाएका छन् ।
    यस्तै अर्का उम्मेदवार देवबहादुर गुरुङले ९०० (३२.१४%) मत पाएका छन् ।

    कुल २८०० मत खसेकोमा अनिल अगाडि देखिएका हुन् ।
    एनआरएनए अष्ट्रेलियाको चुनाव शनिवार हुँदैछ ।

    एक दशक देखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शिता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोस्रो कार्यकालमा आफू निर्विरोध निर्वाचित भएको पोख्रेलले बताउँदै आएका छन् ।

    एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो ।
    त्यसबाहेक कोषाध्यक्षका रूपमा उनले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न समेत सफल भएका थिए ।

    एनआरएनलाई संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।