तनहुँका मुस्लिम समुदाय मोहरम पर्व मनाउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका मुस्लिम समुदाय मोहरम पर्व मनाउँदै

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८०, शुक्रबार

    दमाैली । तनहुँका मुस्लिम समुदाय मोहरम पर्व मनाउँदैछन् । इस्लामी सम्वत् १४४० हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।

    इराकको करवातमा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बीहरु, इस्लाम धर्मको प्रवर्तक मोहम्मद साहेवको नाति हजरत इमाम हुसेन लगायत ७२ जनाले सहादत प्राप्त गरेको सम्झनामा दुःखका साथ यो पर्व मनाइने परम्परा रहेको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए ।