काठमाडौ । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी भएका छन । शनिबार अन्य दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।
संघको मुख्य पदमा पोखरेलकै टिमले बाजी मारेको छ । संघको महासचिवमा सन्तोष कुँवर र सचिवमा थिर बहादुर गुरुङ निर्वाचित भएका छन् ।
यस्तै संघको एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर निर्वाचित भएका छन् ।
महासचिव र सचिव दुवै पोखरेल प्यानलबाटै निर्वाचित भएका हुन् ।
संघको कोषाध्यक्षमा अर्जुन गौतम र सह कोषाध्यक्षम रोजी पन्त निर्वाचित भएका हुन् । उनीहरू पनि पोखरेलकै प्यानलबाट चुनावमा उठेका थिए ।
एक दशक देखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शिता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोस्रो कार्यकालमा आफू निर्विरोध निर्वाचित भएको पोख्रेलले बताउँदै आएका छन् ।
एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो ।
त्यसबाहेक कोषाध्यक्षका रूपमा उनले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न समेत सफल भएका थिए ।
एनआरएनलाई संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।