व्यास नगर साइनिङ स्टारका लागि छानिए २० बालबालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगर साइनिङ स्टारका लागि छानिए २० बालबालिका

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । व्यास नगर साइनिङ स्टारका लागि २० बालबालिका छानिएका छन् । साउन १२ र १३ गते सम्पन्न अडिसनबाट टप २० बालबालिका छनाेट गरिएकाे हाे ।

    बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ्ग स्टारको फाइनल आगामी भदाै १५ गते हुनेछ ।

    जेसीआइ व्यास नगरका महासचिव सुनिल श्रेष्ठका अनुसार यसअघि नगर क्षेत्रका ९-१४ बर्षका बालबालिकाले अडिसन दिन पाउने व्यवस्था रहेकामा यस वर्षदेखि १०-१५ बर्ष सम्मका बालबालिका अडिसनमा सहभागी गराइएकाे थियाे ।

    No description available.
    No description available.

    अडिसनबाट छनोट भएका २०जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने कार्यक्रमका मुल संयोजक अजर नागिलाले जानकारी दिए । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा उनले बताए ।

    व्यास नगर साइनिङ्ग स्टार २०२३ को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार,२३ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

    त्यस्तै प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माईल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने आयोजकले जानकारी दिएको छ ।१० विधामा उत्कृष्ट हुनेलाई जनही रु .२ हजार र आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

    बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ्ग स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको अध्यक्ष राजु रानाले जानकारी दिए ।