उपचारका क्रममा मृत्यु भएकी महिलाको परिवारलाई क्षतिपूर्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपचारका क्रममा मृत्यु भएकी महिलाको परिवारलाई क्षतिपूर्ति

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८०, शनिबार

    चितवन। यहाँको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन् ।

    भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो ।

    अत्यधिक रक्तश्रावका कारण उनको गए राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो । मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले आजै रु २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।

    वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन् । नवीनाको मृत्युपछि आज बिहानैबाट मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए ।

    उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो । परिवारले पाँच वर्षकी छोेरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको हो ।