प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गराउन कन्सुलर विभाग धाउन नपर्ने, आजदेखि सबै काम अनलाइनबाटै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गराउन कन्सुलर विभाग धाउन नपर्ने, आजदेखि सबै काम अनलाइनबाटै

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८०, आईतवार

    काठमाडौ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आज (आइतबार)देखि प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ। परराष्ट्रमन्त्री एनपी साउदले आइतबार बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्‌घाटन गर्ने भएका छन्।    

    नेपाल प्रहरीले आफ्नो बेवसाइटबाट चारित्रिक प्रमाणपत्रका लागि आवेदन लिँदै आएको छ। प्रहरीले अनलाइनबाट नै आवेदन लिएर प्रमाणपत्र जारी हुँदै आएको थियो। अन्य कामहरु अनलाइनमार्फत हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छ्याएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता थियो।  

    जसका कारण राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको थियो। राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्न निर्देशन दिएका थिए।