दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण बुधबार दिउँसाे कन्टारमा सडक भासिएको हो ।
मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत काम भइरहेकाले सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। उनले भने, “सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । सडक मर्मतका लागि समय लाग्ने देखिएको छ ।”
प्रहरीले दमौलीबाट पोखरातर्फ जानेहरुका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुईपिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाउन थालेको छ । उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ ।