ज्वाला खोला मोटरेवल पुलको मुख्यमन्त्रीबाट उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ज्वाला खोला मोटरेवल पुलको मुख्यमन्त्रीबाट उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८०, शुक्रबार

    दमाैली । तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ रुपटारमा निर्माण सम्पन्न भएको ज्वाला खोला मोटरेवल पुलको उद्घाटन गरिएकाे छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक कार्यक्रमका पुलको उद्घाटन गरेका छ्न ।

    गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पूर्वाधार विकास कार्यालय तनहूँद्वारा निर्मित २०७७ सालमा ३ करोड २५ लाखमा सम्झौता भएको सो पुल २ करोड ९६ लाखमा निर्धारित समयमा निर्माण सम्पन्न भएको हो ।

    एति बिल्डर्स काठमाडौँले निर्धारित समयमा सम्झौता रकम भन्दा २५ लाख कम लागतमा सो पुलको निर्माण गरेको हो । 

    साे अवसरमा मुख्यमन्त्री पाण्डेले शालिग्राम करिडोर गण्डकी प्रदेश सरकारको गौरवका आयोजना भएको र यसलाई देवघाटदेखि सेती वेनि पर्वत हुँदै बूढीगण्डकी करिडोरमा जोडेर मुक्तिनाथ सम्म छिट्टै पुर्याउने बताए ।

    No description available.

    भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएकाे बताए । गण्डकी प्रदेशका कृषि मन्त्री महेन्द्रधवज जिसीले कालीगण्डकी आसपासका जति पनि तार हरुको व्यस्थापन र विकासका लागि आफू लागि परेको बताए ।

    गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आलेले श्रृङ्ग मार्ग, कृष्ण मार्गको स्तर सुधारका लागि हर सम्भव प्रयास गर्ने बताए ।