विमलनगरमा मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विमलनगरमा मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्यो

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०८०, आईतवार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो ।

    सतर्कता तह पार गरेकाले मस्र्याङ्दी नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा भोलि दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार नदीको सतह १०.१७ मिटर भन्दा माथि आएको छ ।