म्याग्देकाे माैरीबजारमा पहिराे, पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देकाे माैरीबजारमा पहिराे, पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०८०, सोमबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा पहिरो जाँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । साेमबार बिहान ७ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    सडकभन्दा माथिबाट खसेको पहिराका कारण अकला–खैरेनीटार खण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । पहिरो हटाउनका लागि सम्बन्धित निकायलाई खबर भइसकेको र केहीबेरमा सडक सुचारु हुने उनले बताए ।