ढोरवाराही मन्दिरमा बहाली पूजामा रु एक लाख खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    ढोरवाराही मन्दिरमा बहाली पूजामा रु एक लाख खर्च

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८०, बुधबार

    दमाैली । शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरवाराही मन्दिरमा बहाली पूजाका अवसरमा रु एक लाख भन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष २०७९÷८० को बहाली पूजामा नगरपालिकाले रु एक लाख चार हजार पाँच सय ६० खर्च गरेको हो ।

    नगरपालिकाले सम्बन्धित वडाको भुक्तानी सिफारिस बमोजिम आनन्द होटलको नाममा उक्त रकम भुक्तानी गरेको जनाएको छ ।

    मन्दिरमा साउन महिनाभर पूजाआजा हुँदैन । साउनको अन्तिममा बहाली पुजा पश्चात पुनः सञ्चालन हुनेछ ।

    बहाली पूजामा अनावश्यक खर्च भएको पाइएपछि सुाशसन र समृद्ध शुक्लाण्डकी निर्माणका लागि युवा अभियानले प्रश्न उठाएको छ । अभियानका संयोजक शंकर पन्तले बहाली पूजामा खर्च कम गर्नुपर्ने बताए ।