तनहुँ बारद्वारा विद्युतीय अपराध सम्बन्धि अभिमुखीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ बारद्वारा विद्युतीय अपराध सम्बन्धि अभिमुखीकरण

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८०, शुक्रबार

    दमाैली । नेपाल बार एशोसिएसन तनहुँ इकाइको आयोजनामा विद्युतीय अपराध सम्बन्धि अभिमुखीकरण शुक्रबार सम्पन्न भएको छ । नयाँ मुलुकी संहिता लागु भएको दिन पारेर इकाइले अभिमुखीकरण आयोजना गरेको हो ।

    नेपाल सरकाको हालै मन्त्रीस्तरीय निर्णयबाट विद्युतीय अपराध सम्बन्धि मुद्धाको कारवाही र किनारा प्रत्येक जिल्ला अदालतले गर्न पाउने अधिकार दिएकाले सो विद्युतीय अपराध सम्बन्धी ऐनमा भएका विविध विषयका सम्बन्धमा कानुन व्यवसायीलाई जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको तनहुँ बारका अध्यक्ष अधिवक्ता डम्बरदेव हड्खलेले जानकारी दिए ।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने अधिवक्ता ऋषिराम पोख्रेल, शिवदत्त ढकाल, वरिष्ठ अधिवक्ता परशुराम गिरी लगायतका कानुन व्यवसायीले धारणा राखेका थिए ।

    करिब ३० जना कानुन व्यवसायी सहभागी कार्यक्रममा यस्ता कार्यक्रम बेला बेलामा गरिरहनुपर्नेमा जोड दिइएको थियो।