दमौली । ब्राम्हण समाज नेपाल व्यास नगर समितिको अध्यक्षमा विशेश्वर सुवेदी चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा श्रीकृष्ण पन्त, सचिवमा ऋषिराम ढुंगाना, सहसचिवमा गोमा बास्तोला, कोषाध्यक्षमा शर्मिला ओझा र सदस्यहरुमा सरस्वती पाण्डे गैरे, अनिता घिमिरे काफ्ले, मोहन भण्डारी, शिद्धिभक्त पण्डित, मनहरी अधिकारी, धर्मराज बगाले, श्रीराम खनाल, रमेशप्रसाद आचार्य, गीतादेवी घिमिरे र उमाकान्त रेग्मी चयन भएका छन् ।