दमाैली । नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँको अध्यक्षमा दिपबहादुर श्रेष्ठ चयन भएका छन् । व्यास नगरपालिका–१४ छाब्दीमा शनिबार सम्पन्न सातौ जिल्ला अधिवेशन तथा १६ औं साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा सोमराज सिग्देल, उपाध्यक्षमा देव रसाइली र शरण सापकोटा, सचिवमा बसन्त सदाशंकर, कोषाध्यक्षमा कृष्णराज लामिछाने, सहसचिवमा प्रकाशचन्द्र अधिकारी चयन भएका छन् ।
संघका अध्यक्ष सूर्य बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य कृष्णमुरारी मिश्रले व्यवसायीबीच एकता आवश्यक रहेको बताए ।