मौरीबजारमा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मौरीबजारमा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८०, बिहीबार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ८:३० बजे पहिरो खसेपछि राजमार्गको थर्पु–खैरेनीटार सडकखण्ड अवरुद्ध भएको हो ।

    विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहयोगमा पहिरो हटाइने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडकविस्तार आयोजनाको कामका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ ।