दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार ग्यास्लिङमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७३ वर्षीय जयराम पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बाटोमा झरेको विजुलीको तार पन्छाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका पाण्डेलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।