ग्रिन डेभलपमेन्ट बैंकद्वारा शैक्षिक सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ग्रिन डेभलपमेन्ट बैंकद्वारा शैक्षिक सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८०, शनिबार

    दमौली । ग्रिन डेभलपमेन्ट बैंकको ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा दमौली शाखाद्वारा नुरी हन्फि स्लामिक मदर्सालाई विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

    बैंकको स्थापना दिवसको अवसरमा बैंकका सम्पूर्ण शाखाद्वारा सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरिएकामा दमौली शाखाद्वारा मुस्लिम समुदायको मदरसालाई शैक्षिक सामाग्री वितरण गरिएको शाखा प्रवन्ध सुदिप न्यौपानेले बताए । आगामी दिनहरुमा पनि विभिन्न तवरले सामाजिक उत्तरदायित्व बहन गर्ने न्यौपानेले बताए ।

    बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा गर्नुका साथै स्थानीय स्तरमै सञ्चालित उधमशिलतासँग सम्वन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखि विभिन्न कर्जा उपलब्ध गराउँदै आउने, नेपाल सरकारबाट व्याज अनुदान प्राप्त हुने सहुलियतपुरण कर्जा प्रवाह गरेको, हालको तरलता अभावको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा प्रवाहमा उल्लेख्य उपलब्धि हासिल गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीको भनाई रहेको छ।

    कास्की,बागलुङ,म्यादी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखा कार्यलयहरुबाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधाहरू माेवाईल बैंकिङ,एटीएम सेवा, आइपिएस ,िस-अास्वा जस्ता सुविधाका साथै वचत तथा मुद्वति खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको बैंकका मार्केटिङ विभाग प्रमुख संयुक्त ढाक्वाले जानकारी दिए ।