गाई काटेको अभियोगमा शुक्लागण्डकीमा तीन पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाई काटेको अभियोगमा शुक्लागण्डकीमा तीन पक्राउ

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८०, शनिबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कमलबोटमा गाई काटेको अभियोगमा आज तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सोही ठाउँका श्रीमन् नेपाली, रमेश नेपाली र दीपक नेपाली रहेको वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । मादक पदार्थ सेवन गरी गाई काटेर भागबण्डा गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेकालाई प्रहरी, जनप्रतिनिधि, पशु कार्यालय लगायतको रोहबरमा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलचौतारा ल्याउँदै गरेको थापाले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिने बताएको छ ।