काठमाडाै । क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
सुनुवाइका लागि रोलक्रमको पाचौं नम्बरमा परेको मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको हो । यससँगै अर्को पेशी कहिले तोकिन्छ भन्ने कुराले सन्दीपले एसिया कप खेल्ने/नखेल्ने यकिन हुनेछ ।