बार्सिलोनाको रोमाञ्चक जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाको रोमाञ्चक जित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता बार्सिलोनाले सोमबार राति सात गोल भएको खेलमा भियारियाललाई ४-३ ले पराजित गरेको छ ।

    बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ७१औं मिनेटमा विजयी गोल गरेका थिए ।

    १५ मिनेटभित्रै दुई गोलको अग्रता बनाएको बार्सिलोनोनाले त्यसपछि लगातार तीन गोल बेहोरेको थियो । ५० मिनेटसम्म ३-२ ले पछि रहेको बार्सिलोनाका लागि फेरान टोरेस र लेवान्डोस्कीले तीन मिनेट अन्तरमा दुई गोल गरेपछि बार्सिलोनाले खेल जितेको हो ।

    गावीले १२औं र फ्रेन्की डे जोङले १५औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनाएको थियो । तर भियारियालले घरेलु मैदानमा पुनरागमन गर्‍यो । जुयान फोथले २६औं र अलेक्जान्डर सोर्लोथले ४०औं मिनेटमा गोल गरेपछि भियारियालले पहिलो हाफमै खेल २-२ को बराबरीमा पुर्‍यायो ।

    त्यसपछि ५०औं मिनेटमा अलेक्स बाएनाले गोल गर्दै भियारियाललाई ३-२ को अग्रता दिलाए ।

    भियारियालको अग्रता पनि लामो समय टिकेन । ६८औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेल ३-३ को रोमाञ्चक अवस्थामा पुर्‍याए । त्यसपछि ७१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ४-३ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै बार्सिलोनाले नयाँ सिजन दोस्रो जित निकाल्यो ।

    तीन खेलबाट ७ अंक जोडेको तेस्रो स्थानमा उक्लेको छ । शतप्रतिशत जितसहित ९ अंक जोडेर शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा बार्सिलोना दुई अंकले पछि छ ।

    दोस्रो हार बेहोरेको भियारियाल तीन खेलबाट तीन अंकसहित १३औं स्थानमा छ ।