जबरजस्ती करणीको अभियोगमा फरार ऋषिङका प्रधानाध्यापक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    जबरजस्ती करणीको अभियोगमा फरार ऋषिङका प्रधानाध्यापक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८०, मंगलवार

    दमाैली । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फरार ऋषिङस्थित एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

    जिल्लाको ऋषिङ गाउँपालिका–७ स्थित ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टले खबरपुञ्जलाई जानकारी दिए। विष्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

    निज प्रधानाध्यापक थापाले गत साउन ३१ गते १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि थापा फरार थिए ।

    नेकपा माओवादी केन्द्र ऋषिङ गाउँ कमिटीले सोमबार मात्रै विज्ञप्ती जारी गरी निज थापालाई पक्राउ गरी कारवाहीको माग गरेको थियो ।