बागमतीका स्वास्थ्यमन्त्री जाेशीद्वारा एक सय दिनकाे उपलब्धी सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमतीका स्वास्थ्यमन्त्री जाेशीद्वारा एक सय दिनकाे उपलब्धी सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    हेटाैडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्नो कार्यकालको १०० दिने उपलब्धि सर्वजनिक गरेका छन्। स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन् ।

    उनले मुख्य उपलब्धीमा विभिन्न अस्पतालका बेडहरु निःशुल्क गरिएको, क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत दिईएको, हृदयघात भएका बिरामीका लागि उपचारमा सहुलियत दिएको लगातका उपलब्धी सार्वजनिक गरे । उनले प्रदेशभर ८११ वटा बेड निःशुल्क गराएकाे जानकारी दिए ।

    हेर्नुहोस उपलब्धि

    १. बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहत रहेका १३ वटा प्रादेशिक अस्पतालहरुमा आइसियू, एनआइसियू र क्याविन बाहेकका ८११ शय्याहरुमिति २०८० भाद्र १ गते देखि नि:शुल्क रुपमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइको।

    २.    सबै अस्पतालहरुमा विपन्न असहाय, वेवारिसे बिरामीको लागि कुल शैयाको १० (दश) प्रतिशत शैया छुट्याल ई नि:शुल्क रुपमाकार्यान्वयन गरियो।

    ३.    बागमती प्रदेशमा सञ्चा्लन रहेका सबै सरकारी निजी, सहकारी तथासामुदायिक अस्पतालहरुमा सवारी पार्किङ्ग नि:शुल्क रुपमा कार्यान्वयन भएको।

    ४.    बागमती प्रदेशका १३ वटैजिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुबाट Rehabilitation Services/Physiotherapy सेवामिति २०८० भाद्र १ गते देखि नि:शुल्क उपलब्धगराउन सुरुवात गरिएको।

    ५.    प्रदेशमा बसोबास गर्ने लोपोन्मुख तथा सिमान्तकृत जातिहरु, आश्रममाआश्रित असहाय नागरिकहरुको स्वास्थ्य बिमा हालसम्म ६३७  परिवार संख्या आवद्ध भएका छन्।जसका लागि रु.२५,८६,५०० (रु. अक्षरुपीपच्चीशस लाख छयासी हजार पाँच सय रुपैया) बराबरको रकम योगदान गरिएको ।

    ६.    मिति २०८० असार १६ गते देखि जनस्वास्थ्य प्रयोगशाला,  धुलिखेलको सेवा स्वास्थ्य कार्यालय चितवनमा सेवा इकाइको रुपमा विस्तार गरी हाल सम्म ६२३ जना लाई सेवा प्रदान गरिएको ।

    ७.    स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाटबकुलहर अस्पताल, चितवन, रामेछाप अस्पताल, रामेछाप, चौतराअस्पताल, सिन्धुपाल्चोक, सिन्धुली अस्पताल, सिन्धुली, पशुपति चौलगाई स्मृति अस्पताल, दोलखा र रसुवा अस्पताल , रसुवा गरी७ वटा अस्पतालहरुमा शव वहान वितरण गरिएको।

    ८.    स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट २५ लाख बराबरको एन्टी हेमोफेलिकफ्याकटर वितरण गरिएको। 

    ९.    स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट करिब १० लाख बराबरको  Anti-Rabies Vaccine  खरिद गरी वितरण गरिएको ।

    १०. अति आवश्यक नि:शुल्क औषधीहरुस्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत बागमती प्रदेशका १३ वटै अस्पताल र स्वास्थ्य कार्यालयमार्फत स्थानिय तहमा वितरण गरिएयो।

    ११.    स्वास्थ्य आपूर्ति व्यवस्थापनकेन्द्र हेटौडाको परिसरमा बायोमेडिकल इकिप्मेन्ट वर्कसप स्थापना गरिएयो ।

    १२.    स्वास्थ्य तालिम केन्द्रमार्फत ८३१ जना चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरुलाई विभिन्न स्वास्थ्य तालिम प्रदान गरिनुको साथै २६ जना स्वास्थ्यकर्मीहरुलाई सर्पदंश उपचार व्यवस्थापन सम्बन्धी तालिम दिइएयो।

    १३.    माननीय स्वास्थ्य मन्त्रीज्यूको नेतृत्वमा लगातार प्रयास पश्चापत् प्रदेश सरकारको कुल बजेटको ६.५% स्वास्थ्यमा विनियोजित गर्न सफल भएको।

    १४.    माननीय मन्त्रीज्यू तथा माननीय मुख्यमन्त्रीज्यू समेतको पहलमा प्रदेशका विषयगत मन्त्रालयहरुलेतर्जुमा  गर्ने नीति तथा रणनीतिहरुमा स्वास्थ्यका निर्धारकहरु सम्बोधन हुने गरी निर्माण गर्नका लागि  विभिन्न विषयगत मन्त्रालय तथा सरोकारवाला निकायहरुको सहभागितामा”सबै नीतिमा स्वास्थ्य (Health In all Policy) निर्देशिका” कोमस्यौदा तयार गरियो ।

    १५.    बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक मिति २०८०/०४/२२ गते बसी उठेका सवालहरुलाई प्रदेशस्तरीय विकास समस्या समाधान समिति र राष्ट्रिय विकास समस्या समाधान समितिमा सिफारिस गरियो। 

    १६.    माननीय मन्त्रीज्यूको पहलमा प्रदेश स्वास्थ्य नीति तर्जु गर्ने प्रक्रिया दुर्त रुपमा अघि बढाइएकोछ।

    १७. स्वास्थ्य मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रम, “स्वास्थ्य मन्त्रालय तथा मातहतका कार्यालयहरूबाट सञ्चालन गरिने कार्यक्रमका र्यान्वयनमा र्गदर्शन, २०८०/८१” मिति २०८०/०४/३१ र “स्थानीयतहबाट सञ्चालन गरिने सशर्त अनुदान अन्तर्गतका वार्षिककार्यक्रम कार्यान्वयन मार्गदर्शन,  २०८०/८१” मिति २०८०/०५/०८ मा स्वीकृत भई कार्यान्वयनमा गएको।

    १८.    “ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नि:शुल्क हवाई उद्धार सम्बन्धी कार्यविधि, २०८०” मन्त्रीपरिषद्बा्ट मिति २०८०/०५/०५ मा स्वीकृतभएको।

    १९.    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उच्च स्तरको स्वास्थ्य जनशक्ति उत्पादनको लागि चिकित्सा शिक्षा आयोगसँग आवश्यक समन्वय र सहजिकरण गरेको ।

    २०. बागमती प्रदेशमा डेंगु रोगको विद्यमान अवस्था, डेंगु रोगको निदान,  व्यवस्थापन, रोकथाम तथा नियन्त्रणको लागिपूर्व तयारी सम्बन्धमा स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य निर्देशनालय तथा पत्राकारहरुसँग मिति २०८०/०४/०२ गते अन्तर्क्रिया कार्यक्रम गरी समुदायस्तरमा डेंगु सार्न सक्ने लामखुट्टेको लार्भा खोज र नष्ट  अभियान कार्यान्वयनमा ल्याइएको ।

    २१. बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयबाट धादिङ जिल्लामा डेंगु केस व्यवस्थापन, रोकथाम र नियन्त्रण र सम्बन्धीत सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम तथा विभिन्न पालिका तथा धादिङ अस्पताललाई जम्मा २००५ डेंगु किट हस्तान्तरण कार्यक्रम सम्पन्न ।

    २२. जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालहरुमा नि:शुल्क रुपमा डेंगु परिक्षण गर्ने व्यवस्था गरिएको।स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाटसबै जिल्लाहरुमा जम्मा ८९०० डेंगु किट विवरण गरिएको।

    २३.    माननीय मन्त्रीज्यूले सिन्धुली जिल्लाको पुर्ण खोप सुनिश्चिितता तथा दिगोपना घोषणा गर्नु भएको।

    २४. माननीय मन्त्रीज्यूद्वारा अस्पतालको गुणस्तर सुधारका लागि विभिन्न प्रादेशिक अस्पतालहरु (सिन्धुली अस्पताल, सिन्धुली, त्रिशुली अस्पताल, नुवाकोट,बकुलहर रत्ननगर अस्पताल, चितवन, बज्रबाराही चापागाउँ अस्पताल, ललितपुर, भरतपुर अस्पतल, वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल,  ख्वप अस्पताल, भक्तपुर) कोअनुगमन गरी अस्पतालकोसेवा सुदृढीकरण तथा गुणस्तरिय सेवा प्रभावकारी रुपमा प्रवाह गर्न निर्देशन भएको।

    २५.    स्वास्थ्य मन्त्रालयतथा मातहातका कार्यालयहरुमा चालु आ.व. २०८०/८१ मा ६२८ जना कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गरिएको ।साथै थप १३० जना करारमा जनशक्ति हेटौडा अस्पतालमा अस्थायी दरबन्दी स्वीकृत गरी विज्ञापन खुलाइएको।

    २६.    निजी स्वास्थ्य संस्थाहरुको दर्ता, नविकरण तथा स्तरोन्नतिको लागि सफ्टवयर निर्माण भई कार्यान्वयनको प्रक्रियामा रहेको ।

    २७.    स्वास्थ्य मन्त्रालय र मातहतका अस्पतालहरुमा भएका औजार उपकरणहरुकोउपलब्धता, भौतिक अवस्थार सो प्रयोग गर्ने जनशक्तिको उपलब्धता लगायतको स्थलगत अनुगमन गरी अनुगमन टोलीले प्रतिवेदन पेशगरेको।

    २८.    बकुलर रत्ननगर अस्पताल चितवनमा २०८०/०२/२४ गते आइसियू सेवा(५बेड) सुभारम्भ भएको।

    २९.    स्वास्थ्य निर्देशनालयद्वारा ८ वटा जिल्लामा १५७ जनालाई  आङ खस्ने समस्याकोशल्यक्रियाद्वारा र उपचारगरिएको।

    ३०.    पाचँ वोटा जिल्लाहरुमा(धादिंङ, सिन्धुल, रामेछाप, रसुवा र नुवाकोट)टेलिमेडिसिन सेवाका लागि उपकरण जडान भई प्राविधिक परिक्षणको क्रमको रुपमा रहेको ।

    ३१.    बागमती प्रदेशमा पहिलो पटक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुरबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard ) कार्यक्रम सुरुवात गरिएको।

    ३२.    स्वास्थ्यकर्मीहरुलाई (१४० जना चिकित्सक/ नर्स/प्यारामेडीक्स) लाई आकस्मिक स्वास्थ्य सेवा र आधारभूत स्वास्थ्य सेवाको अभिमुखीकरण  गरिएको।

    गत आ.व. २०७९/८० को मुख्यमुख्य उपलब्धीहरु

    •    मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम: क्यान्सर रोग लागेका विपन्न बिरामीलार्इ उपचारमा सहुलियत प्रदान गर्ने कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७९/८० मा जम्मा ६८६५ जना बिरामीहरुले रु.९२६७३१८१.३७ (अक्षरुपी नौ करोड छब्बिस लाख त्रियात्तर हजार एक सय एकासी रुपैया सठ्तिस पैसा) बराबरको सहुलियत प्राप्त गरेका छन् ।उनले मुख्य उपलब्धिमा विभिन्न अस्पतालका बेडहरु नःशुल्क गरिएको क्यान्सर रोग लागेका विपन्न बिरामीलार्इ उपचारमा सहुलियत हृदयघातभएका बिरामीका लागि उपचारमा सहुलियत

    •    मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम: हृदयघातभएका बिरामीका लागि उपचारमा सहुलियत प्रदान गर्ने कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७९/८० मा जम्मा७ वटा प्रादेशिक अस्पतालमा रु. ३४,७२, ६९२.९० (अक्षरुपी चौतिस लाख बहत्तर हजार छ सय बयानब्बे रुपैया नब्बे पैसा) बराबरको TNK(Tenecteplase) प्रदान गरिएको ।साथै ९ जना बिरामीहरुलाई एन्जियोप्लाष्टी सेवा प्रदान गर्नका लागि रु.६५४, ५०० ( अक्षरुपी रु छ लाख चौउन्न हजार पाँच सय ) बराबरको सहुलियत प्रदान गरिएको ।

    •    बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले नि:शुल्क रुपमा कुल जम्मा ५०४० वटा ब्लड ब्याग वितरणजसमा रु.४३४५९२३(अक्षरुपी रु त्रिचालिस लाख पैतालिस हजार नौ सय तेइस मात्र)बराबरको सहयोग गरिएको।
    •    भक्तपुर अस्पतालमा Bronchoscope खरिदगरी सेवा सुचारु  गरिएको।
    •    सबै प्रादेशिक अस्पतालहरुमा  न्यूनतम सेवा मापदण्ड (minimum service standard) मापन गरी गुणस्तर सुनिश्चित गरिएको 
    •    एम्बुलेन्स सेवा नियमनका लागि प्रदेश्स्तरियडीस्प्याच सेन्टरको प्राविधिक परिक्षणको क्रममा रहेका (२०८ एम्बुलेन्समाGPS जडान, १०० भन्दा बढी एम्बुलेन्स चालकहरुलाई तालिम) ।
    •    आयुर्वेदचिकित्सक तथा अभ्यङ्गकर्ताहरुका लागि पञ्चभकर्म तथा वास्तिकर्म तालिमको म्यानुअल निर्माण।
    •    काठमाडौँ, मकवानपुर, भक्तपुर  र ललितपुर जिल्लाहरुमा व्यायामशाला स्थापन र संचालन भएको ।
    •    गत आर्थिक वर्षमा थप ६० वटा विद्यालयमा विस्तार गरी जम्मा ५१९ वटा माध्यमिक विद्यालयहरुमा”एक विद्यालय एक नर्स कार्यक्रम ” सञ्चामलन भएको ।
    •    प्रदेशभित्रका ३ वटा अस्पतालहरुमा आपतकालीन अवस्थाको व्यवस्थापनका लागि Mock Drill अभ्यास गरिएको  ।