मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०८१, आईतवार

    दमाैली । नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित
    दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल महोत्सव’ शनिबार सम्पन्न भएको छ ।
    महोत्सव समापन कार्यक्रममा गन्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री
    भेषबहादुर पौडेल प्रमुख अतिथी रहेका थिए ।

    ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतिपसल बजार इकाईको आयोजनामा भएको उक्त महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्ता मेला र महोत्सवले आर्थिक गतिविधि चलायमान गराउने तथा स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने बताए ।

    महोत्सव मुल आयोजक समितिका संयोजक रमेशचन्द्र भट्टराईले स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्न यस महोत्सव सफल हुने बताए । महोत्सवले यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई प्राथमिकता दिएको भट्टराईले बताए ।

    गत पुस २४ गतेबाट सुरु भएको सो महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलको बारेमा देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लगायत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखिएको महोत्सवका प्रवक्ता ओमविर गुरुङले बताए ।

    महोत्सव ४० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको र एक करोड आर्थिक कारोबार एको संयोजक भट्टराईले जानकारी दिए ।