बन्दीपुरका मुक्तिको टेक्सासमा मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरका मुक्तिको टेक्सासमा मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८०, बिहीबार

    दमौली । तनहुँको बन्दीपुर-६ का मुक्ति गुरुङको अमेरिकाको टेक्सासमा सवारी दुर्घटनामा मृत्यु भएको छ । गुरुङको बुधबार राति सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

    उनी नेपाली कांग्रेस तनहुँका नेता एवं बन्दीपुर- ६का पूर्व वडा अध्यक्ष सन्तबहादुर गुरुङका छोरा हुन् ।

    यसैबीच कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले गुरुङको अल्पआयुमा नै दुःखद निधन भएको खबरले अत्यन्त मर्माहित भएको बताएका छन् । भण्डारीले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।