तनहुँमा गाइजात्रा (फोटो)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गाइजात्रा (फोटो)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँ जिल्लामा बिहीबार सॉझ गाइजात्रा निकालिएको छ । नेवार समुदायले जिल्लाका विभिन्न ठाउँमा गाइजात्रा निकालेका हुन् ।

    तनहुँका विभिन्न गुठीमा आबद्ध नेवार समुदायले गाइजात्रा मनाएका हुन् ।

    श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

    भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ।

    एक वर्ष अघिदेखि दिवङ्गत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ। गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन्।

    गाईजात्राका सम्बन्धमा विभिन्न भनाइ प्रचलित भए पनि राजा प्रताप मल्लसँग जोडिएको प्रसङ्ग भने बढी चर्चामा छ। मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन्। लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजा मल्लले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए। यो देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने भनाइ छ।